काठमाडौं – उनी संगीतकार हुन् । तर गीत पनि गाउँछिन् र, लेख्छिन् पनि । गीतसंगीतमा यी तीनै विधाकी प्रतिभा हुन् निलम रोजु राई । यिनै संगीत तथा गायिका निलमले गाएको ‘हजुरले लाएको टोपी मनप-यो’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिक गरेपछि निलमले भनिन्, ‘क्षमताले भ्याएसम्म गाउन, संगीत गर्ने र लेख्ने सबै गर्छु ।’

‘मलाई हजुरले लाएको टोपी मनप¥यो’ गीतले माया प्रेमका साथै राष्ट्रभाव पनि बोकेको छ । निलमकै शब्द, संगीत र स्वर रहेको यस गीतलाई श्रोता दर्शकले रुचाएका छन् । निलमका अनुसार अहिले गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ । उनले यस गीतबाट चर्चा पनि पाइरहेकी छन् । यस गीतको फरक शब्दशिल्पी, मिठास संगीत र माधुर्य स्वरले निलमलाई चर्चा ल्याएको हो ।

सार्वजनिक भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् भने छायांकन युवराज राईले । भिडियोमा दक्षकुमार राई, ऋचा थापा, निर्मला पुलामी मगर र देविकाश्री मगरले अभिनय गरेका छन् । यसको भिडियो निर्माणका लागि मिहिनेत निकै खचिएको निलमले बताइन् ।

दक्ष फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको यस भिडियोलाई निलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत रिलिज गरेकी हुन् । दर्जनौ गीतमा संगीतका साथै स्वर दिइसकेकी निलमको यो पछिल्लो सांगीतिक सौगात हो । जसलाई उनले नयाँ वर्षको अवसरमा ल्याएकी हुन् ।

तपाईको प्रतिक्रिया