काठमाडाैं- करिब १ दशक रत्नपार्ककको रुपमा बसेर बिभिन्न किसिमका भाषण गर्ने उनी सन्तान जन्माउन र बंश धान्नकै लागी भएपनि एउटी श्रीमती चाहिएको भन्दै आफना आमाबुबा सँग गुहार माग्दै मोरङ पुगेका छन ।
रत्नपार्ककमा भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरे अर्थात ९मुकुन्दे० यतिबेला श्रमितीको खोजीमा भौतारिएका छन ।
फेसबुक, टवीटर लगायत बिभिन्न सामाजिक सञ्जालमा बिभिन्न किसिमका बिचार ब्यत्त गर्ने र बिवादमा फसिरहने उनले केही समय अघि पत्रकार रवि लामिछानेका बिरुद्धमा अभिब्यत्ति दिँदा आलोचित बनेका थिए ।
बिभिन्न विवादास्पद अभिब्यत्तिकै कारण पटक पटक चिसो खोरमा पुगेका घिमिरे करिब एक साताअघि मोरङमा लक्ष्मीमार्गमा रहेको घर पुगेर बुहारी सँग विवाद भएपछि उनी बुहारी कुटेको आरोपमा प्रहरी थानामा समेत पुगेका थिए ।
भोजपुरमा जन्मिएर सुनसरीको धरानस्थित पुर्बाञ्चल ईन्जिनियरिङ क्याम्पसमा अध्यायन गरेका र केही समय जागिर समेत खाएका उनी माओबादी द्धन्दकालमा गाँउ गएका बेला बिस्थापित भई जागिर छोडेका थिए । देश तथा बिदेशमा रहेका शुभचिन्तकहरुले पठाईदिएको रकमबाट जिवन गुजारा गर्दै आएका उनी अब सक्रिय भएर राजनीति गर्ने बताउँछन ।
भिडियो हेर्नुहोस्
आफनो बंश धान्नकै लागि भएपनि आफुले बिहे गर्नुपरेको भन्दै उनले यतिबेला सबैसँग एउटी सुकन्या इन्दिराको खोजी गरिदिन आग्रह गरिरहेका छन । देशको प्रधानमन्त्री हुने र मुकुन्दल्याण्ड निर्माण गर्ने सपना बोकेका घिमिरेसँग देशको राजनीति र समसामयिक बिषयमा कुराकानी गरिएको हो ।
स् स्रोतस् पुर्बेली न्युज