रोशन पोखरेल , काठमान्डाँै , बैशाख २१
खप्तड म्युजिक प्रालीको प्रस्तुतिमा गायक हर्क खडायत र गायिका टिका पुनको देउडा लोकदोहोरी “बुझनै गाह्रो कुरा मायाको ”को म्युजिक भिडियो म्युजिक नेपालको आधिकारिक युटव च्यानल मार्फत सार्वजनिक भएको छ । सुदुर पश्चिमको मौलिक लोक लयलाई जिवन्तता दिनको लागी सो गीत सफल भएको माया प्रेमका बास्तविक चोटिला भावहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमीकाको लागी सारा संसार घुमेका छन गायक । मायाको परिभाषा मायालुवाट बुझन नसकेको कुरा गीतमा भनिएको छ । राजेन्द्र शाह विपीको शब्द सिर्जना तथा चर्चित संगीतकार विनोद बाजुरालीको संगीत संयोजनमा रहेको गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । हरिश महराले छायाँङ्कन गरेको भिडियोलाई प्रविन रेश्मी मगरले सम्पादन गरेका छन । गीतको भिडियोमा मौसम विष्ट र कमला पुनको सर्वौकृष्ट अभिनय रहेको छ । भिडियोलाई भिम थापाले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया