गजल
भोलिका कुरा म त देख्नै छोडे अब
अतितलाई मनमा लेख्नै छोडे अब
एउटा बाटो त जिन्दगीले रोज्नुपर्छ
अधि बढ्छु आफु छेक्नै छोडे अब
पागल झै एक्लै रुनु बेकार रैछ यहाँ
उनको त्यो आगन टेक्नै छोडे अब
दिन रातै परेलि उनकै यादमा भिझाए
मुटु फुट्ने वेदनालाइ खेप्नै छोडे अब
निरु रुम्बा तामाङ
मकवानपुर
हेटौंडा उपमहानगरपालिका १
घ्याङ्सिंङटार







































































