गायक प्रकाश राईको ‘मेरो मनैको मन्दिरमा’ बोलको नेपाली पप गीत सार्वजनिक भएको छ। संग्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतले यतिबेला सर्वाधिक चर्चा कमाइरहेको छ। गायक राईले आफ्नो प्रेम सम्वन्धको बयान गीतमार्फत दर्शकसामु प्रस्तुत गरेका छन।

सारदा खड्काको शब्द रहेको गीतमा अस्मित लिबुले संगीत भरेका छन। बिक्रम सिंघ कार्कीको एरेन्ज रहेको गीतलाई द पिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको हो। अनिल शाहीको छायांकन तथा सम्पादन रहेको यस गीतलाई भीम राज तिमल्सिनाले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा अमीत पाण्डे र एन्जेल खातीको दमदार अभिनय देख्न सकिन्छ। युवापुस्तालाई लक्षित गरेर बनाइएको यस गीतले दर्शकको मन जित्नेमा गायक राई आशावादी छन ।

भिडियो हेर्नुहोस :-

तपाईको प्रतिक्रिया