नुवाकोट जिल्ला महाकाली ७ डाँडाकठेरी (शिबपुरी गाउपालिका हाल परिवर्तन ) मा आमा गोमा आले अनि बुबा धन बहादुर आलेको कोखबाट २०४४ भदौ ७ गते जन्मेको उनि सानैमा बुवा को अनुहार राम्रो सग चिन्न नपाउदै बुवा को लालनपालन बाट बन्चित उनी सानै देखि दुखै दुखको संघर्ष जीवन जिउन बाध्य भए । जस्तो सुकै अवस्थामा भएपनि उनी आफनो बाल्यकाललाई अविस्मरणीय रहेको उहाँले बताउनुभयो ।
आमा गोमा ले दुखै दुखमा हुर्काएर पनि आफ्नो छोरा छोरिलाइ उचित शिक्षा दिनलाइ चै पछि परिनन श्याम ले पनि आफू गाउँ मा होस या काठमाडौ मा होस दुखै गरेर भएपनी आफ्नो पढाइलाइ निरन्तरता दिइनैरहे।केही समय काठमाडौ पढेपनी आफ्नो गाउँ मै गएर २०६१ साल मा महेन्द्र मा.बि मा सेकेन्ड डिभिजनमा उत्तिण गरे ।

उच्च शिक्षा को लागि पुनः काठमाडौ आएर आफ्नो उच्च शिक्षालाइ आर आर क्याम्पस बाट अघि बढाए ।आइए दोस्रो बर्ष पढ्दापढ्दै उनी जागीर को सिलसिलामा हेभी इकुप्मेन्ट( कन्ट्रक्सन ) तिर लागे उहाँले पढाइलाइ भने निरन्तरता दिन सकेनन । बेस्तता का कारण उनको पढाइमा पुणबिराम लागेजस्तै भयो ।

धेरै संघर्ष बाबजुत उक्त(कन्ट्रक्सन) क्षेत्रमा पनि उनी सफल भए। ७ बर्ष आफ्नै नेपालमा काम गरेको अनुभव लिएर अर्काको भुमिमा काम गर्दा कस्तो हुदो रैछ भनेर २०७० साल तिर बिदेश को भिषा पनि लगाउनुभयो। आफ्नो करार अबधी सिद्ध्याएर ७२ सालमा नेपाल फर्कनुभयो । बिदेश मा धेरै दुखको जिन्दगी भोगेको उनले सुनाउछन । ५५ डिग्री को तापक्रम मा काम गर्दा गर्दै कति चोटि त बेहोस भएर ढलेको पनि सुनाउछन अझै उनको निधाँरमा घाउहरुको खत जिवितै छन ।
बिदेश को तितो अनुभव लाइ खल्तिमा राखी अब आफ्नै जन्मभुमी मा केही गर्छु भनी अहिले जनताको सेवामा दिनरात खटिरहेका छन। अहिले सबैको प्यारो भएर आफ्नै जन्म भुमिमा काम गरेर जनताको सेवा गर्दै सफलता पाइरहेका छन । यसैै विषयमा सहकर्मि साथी दिपा अधिकारीले मोडल तथा श्याम आले सग गरिएका कुराकानी ः–

अहिले के गर्दै हुनुहुन्छ ?
– विगत ६३ साल देखि जनताकै सेवामा छु ।साथै बचेको समयमा नेपाली कलाकारिता क्षेत्रमा समेत सक्रिय रहेको छु । साथै स्काभेटर अपरेटरको रुपमा कार्यरत रहेको छु ।

 तपाई कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
– भगवान ले त आट म पुर्याउछु भन्छरे तेस्तै होला म सानोमा मामा घर जान एक्दम रुचाउथे बुवाले पिट्नुहुन्छ भनेर लुकेर आफ्नो ओछ्यान मा गएर निदाएको नाटक गर्थें । साथै बाल्यकाल देखी नै गीत संगीत प्रति मेरो रुचि अधिक रहेको थियो ।

तपाईं त बिदेश पनि गएर आउनुभयो कस्तो अनुभव पाउनुभयो बताइदिनु न ।

– हजुर गएर दुई बर्ष पछि फर्कें, तर यकदमै तितो अनुभव लिएर फर्किए ।तर अब म कहिले जान्न जे जस्तो हुन्छ यतै परिवार सगै रहि आफ्नै देश मा केही गर्छु।छछड्ढ को तातो घाममा बाह्र घन्टा काम तेसमाथिपनी फोरम्यानहरुको गालि,म त धेरै चोटि बेहोस भएर ढलेपनी..यी हेर्नुस त अझै दागहरु छ । बाफ्रे म त भन्छु आफ्नो देश बाट बाहिर जति पनि साथिहरु अर्काको गुलामी गरिरहनुभको छ आउनुस हाम्रै देशमा पनि थुप्रै अवसर हरु छन।आफ्नै देशमा केही गरौँ ।

अब त आफ्नै देशमा थुप्रै सफलताको कामहरु गरिरहनु भको छ कस्तो अनुभव लिइरहनुभको छ?

– अँ एकदमै खुशी छु म बिदेश जानुभन्दा पहिले पनि ७ बर्ष नेपालमै काम गरे बिदेश बाट फर्केर सोही पेसालाइ निरन्तरता दिदैछु।बिदेश को त्यो तितो अनुभव भएर होला सायद अहिले त झनै आफ्नो काम लाई जनता माझमा दिन रात नभनी खुशिका साथ सेवा दिइरहेको छु ।

हामी सामाजिक सन्जाल हरुमा नि देखिरहन्छौ कहिले समाज सेवा, कहिले बाटो खन्ने अनि मोडलिङ मा पनि निकै जम्नुभको छ । कसरी समय मिलाउनुहुन्छ ?

– हा….हा….हैन मलाइ पनि आफैलाइ अचम्म लाग्छ समय अटोमेटिक नै मिल्दो रैछ । तेस्तै अनुकुल बातावरण मिलेरनै यो सब सम्भब भयो । जसको कारणबाट मैले हाल सम्म विभिन्न लोकगीत संगीतका ५ ओटा भन्दा बढी भिडियोमा आफनो कला प्रस्तुत गरिसकेको छु ।

व्यस्तताका बाबजुत पनि हाम्रो लागि यतिको समय निकाल्दिनु भयो हजुरलाई धन्यवाद
– हस धन्यवाद । तपाईले पनि मेरा मन भित्रका तिता मिठा भोगाइहरुलाई तपाईको लोकप्रिय अनलाइन मार्फत ब्यक्त गर्न समय खर्चिदिनुभएको मा ।

तपाईको प्रतिक्रिया