विराटनगर , बैशाख २८
सल्यानको कपुरकोटमा जन्मनुभएका लोकदोहोरी गायक तथा सर्जक तुलाराम डाँगीको लोकदोहोरी गीत “फर्की आउँदिन” भर्खर मात्र बजारमा आएको छ। सुमधुर स्वरका धनी गायक कमल ज्योतीको आवाज रहेको नयाँ लोकदोहोरी गीत हजारौं परदेशीएका युवाहरूको बास्तबिक कथा बोकेको गीतमा गायक कमल ज्योती र तुलाराम क्षेत्री डाँगीले “फर्की आउँदिन” भने पछि मोडल आशा खड्काले मन थाम्न सकिनन्। यस्तै गरेर धेरै नेपाली रूनु परेको छ भन्ने कुरा यस गीतमा दर्शाउन खोजीएको छ ।
हजारौ प्रदेशीहरुको सत्य कथामा आधारित तुला राम डाँगी को पहिलो लोक दोहोरी कोसेली”फर्की आउँदिन”मा गायक कमल ज्योती र गायीका सबिना मगरको स्वर, तुला राम क्षेत्री डाँगीको शब्द,कमल ज्योतीको लय,सागर गौतमको छायाँकन,बविता श्रेष्ठको निर्देशन,आशा खड्का र बिरेन्द्र ढकालको अभिनय तथा अबिनाश डि सीको सम्पादन रहेको छ।
हेर्नुहोस भिडीयो ।

तपाईको प्रतिक्रिया