लाईनको
आखीझ्यालबाट
नीलो सङ्केतको बत्ती बाल्दै
फेशबुकको पर्खालभरी
रङ्गाएका तिम्रा तस्बिर
कयौं चोटि प्रोफाईल खोल्दै
बन्द गर्दै गरेथे ।।
तिमिलाई थाहा न होला
दुई चार दिन अगाडिको कुरा !!
ईन्द्रेणीको रङ्ग जस्तै
स्पर्श गर्न निशेध
दूर –दूरबाट चिहाउदा
हर्षको सिमा कहाँ हुन्थ्यो र खै ?
औलाले मोबाईलको स्क्रीनमा
केश हुँदै आखी भौहरु र
डिम्पल पर्ने गालाहरु छुदै
तलतिर झर्थे यी स्नग्ध औलाहरु
अन लाईनको आखी झयाल्मा
दुई चार दिन अगाडिको कुरा ।
त्यो पल खै कुन मनले स्विकार गर्याै ?
पहिचान बिनाको मान्छे?
पहिलो चोटि म्यासेजमा देखेथे
अतीत सोचेथे ।
जाडुमयी तिम्रा
तस्बिरहरुले हर्कत गरेपछि
यो मन काहीँ कतै थाम्न सकेन
फेरेन्ड रिक्यास्ट पठाएको
अहिले जस्तै लाग्छ
दुई चार दिन अगाडिको कुरा ।।
त्यो क्षण
खुसीको सीमा साध थिएन
भ्वाईस पठाउने हिम्मत
जुरी सकेको थिएन ।
काला अक्षर हरुले लजाउदै
हाई लेखेको
अहिले जस्तै लाग्छ
दुई चार दिन अगाडिको कुरा
शरीर बिनाका मनहरु
अक्षरहरुले चिनेथ्यो
ह्ययापी हुँदै एक अर्कामा
भएथे प्रेमिल कुरा
आजै भेटौ है ?भोलि भेटौ भन्दै
दुई चार स्थान टोक्दै
चीया पिउने निहुमा
पहिलो भेट उहीँ क्याफेमा भएथ्यो ।
अँ।खाहरु जुधेको
शरीरहरु नियालेको
अहिले जस्तै लाग्छ
दुई चार दिन………।।।।।।

तपाईको प्रतिक्रिया