जेठ १ – अभिनेता निखिल उप्रेतीको आज जन्मदिन परेको छ ।कति वर्ष हुनुभयो ? भन्ने हाम्रो प्रश्नको जवाफमा निखिलले भने, ‘म उठ्ने हरेक दिनको बिहानी मेरो जन्मदिन हो । म कहिले जन्मिएँ भन्ने कुरा मलाई मतलब नै लाग्दैन । मलाई त जन्मदिन पनि याद थिएन । आज फेसबुकले याद दिलाइदियो ।’ निखिलले १८ वर्षअघि सिनेमा ‘पिंजडा’ बाट नेपाली सिनेमामा डेब्यू गरेका हुन् । पहिलो सिनेमामार्फत नै एक्शन अभिनेताको रुपमा दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका उनले त्यसपछि निरन्तर सिने क्षेत्रमा सक्रियता जनाएका छन् । पछिल्लो समय निखिल अभिनयका साथै निर्माण र निर्देशनमा सक्रिय रहेका छन् । उनलाई यी सबै काममा उत्तिकै सफलता पनि मिलिरहेको छ ।

तपाईको प्रतिक्रिया