काठमाडौ । देशका बिभिन्न क्षेत्रमा लुकेर रहेको प्रतिभालाई जागरुक गर्ने उदेश्यले संचालन हुन लागेको रियालिटी शो नेपाल सिङगिङ्ग एण्ड डान्सिङ्ग सुपरस्टारको औपचारिक घोषणा भएको छ । सनराज ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको उक्त रियालिटी शोमा देशभर छरिएर रहेका प्रतिभाहरुलाई एउटै मञ्चमा प्रष्फुटन गर्नलाई उक्त शोको आयोजना हुन लागेको जानकारी एक कार्यक्रमको आयोजना गरि शोका आयोजकद्वय राजन कार्की र सन्तोष शर्माले दिएका छन् ।

देशभरबाट करिब दस हजार जना प्रतियोगीहरु सहभागी हुनसक्ने अड्कल गरिएको शोको अडिसन देशभरका १० वटा सहरहरुबाट हुनेछ । जो कोहिमा पनि सिङ्गीङ्ग र डान्सिङ्ग प्यासन छ तर उचित अवसरको कमिले गर्दा आफ्नो प्रतिभालाई देखाउन नसकिरहेको बेला उक्त शो नव प्रतियोगीहरुलाई भविष्य कोर्ने एक राम्रो माध्येम हुनसक्छ ।

राष्ट्रिय टेलिभिजन र स्थानीय टेलिभिजनबाट एकैसाथ प्रसारित हुने उक्त रियालिटी शोमा प्रतियोगीहरुको प्रतिभालाई गायक आनन्द कार्की, नृत्य निर्देशक गोविन्द राई जस्ता हस्तीहरुले जर्ज गर्नेछन भने प्रतियोगीहरुलाई बचाउन निर्णायकहरुको ६० अंक, बाँकी भोटिङ सिस्टमबाट छनौट हुनेछ । यहि साउन देखि अडिसन सुरु हुने शोको पहिलो अडिसन पोखराबाट साउन १९ गते, त्यस्तै लम्जुङ्गमा साउन २१ गते, भक्तपुर साउन २५ गते, काठमाडौँ साउन २६ गते, झापा भाद्र १६ गते, ईटहरी भाद्र १८ गते, हेटौडा भाद्र २० गते, चितवन भाद्र २२ गते, बुटवल भाद्र २३ गते र नेपालगञ्जमा भाद्र २६ गते अडिसन हुने जानकारी आयोजक टिमले दिएको छ ।

तपाईको प्रतिक्रिया