काठमाडौं जेष्ठ १८ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ले यहि आउँदो असार १४,१५ र १६ गते राजधानीमा खुल्ला लोक गीत प्रतियोगिता सम्पन्न गर्ने भएको छ । उक्त प्रतियोगिताको लागि देश भर बाट कलाकारहरु छनोट गर्ने क्रममा आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिद्वारा आयोजित लोक गायन छनोट प्रतियोगीता केन्द्रीय महासचिब सुबास के.सी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अनामनगर समिति, लाजिम्पाट समित र बसपार्क समितिको आयोजनामा लोक गायन छनोट प्रतियोगीता सम्पन्न पश्चात यो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिको चौथो कार्यक्रम हो । यसरी देशभर बाट छनोट गरी असार १४,१५ र १६ गते राजधानीमा खुल्ला लोक गीत प्रतियोगिता सम्पन्न गरिने कुरा जानकारी प्राप्त भएको छ । आज सम्पन्न ललितपुर समिति द्वारा आयोजित कार्यक्रममा सहभागिता प्रतिस्पर्धी मध्य प्रथम सुरेश रावल, दोश्रो सिर्जना हुमागाईं, तेश्रो मुना रोका, चौथो बेलिमाया पुलामी र पाचौं दिपक परियार हुन सफल भएका छन् ।

प्रतियोगीहरुले मात्र दुई टुक्का गित प्रस्तुत गर्ने पाउने मापदण्ड अनुसार शिब हमालको निर्णायक मण्डलको संयोजकत्व भित्र नरहरी प्रेमी, राजन गुरुङ, राजु ढकाल, पी.एन सापकोटा र कृष्ण आँशुले निर्णायकको भूमिका निर्बाह गरेका थिए । खुल्ला लोक गीत प्रतियोगिताको लागि प्रत्यक समितिबाट ५ जना प्रतियोगी छनोट गरी पठाउन यस अघि नै केन्द्रीय समिति बाट सबै माझ सुचित गरिएको थियो ।

आज सम्पन्न कार्यक्रममा सोहि समितिका सल्लाहकार थमन थापा मगर, सञ्चारकर्मी एवम् कुशल कार्यक्रम प्रस्तोता रडियो मिर्मिरेका कार्यक्रम प्रमुख राजु बोहरा, निर्णायक मण्डलका सदस्यहरु र बाध्यबादकहरुलाई समेत सम्मान गरिएको थियो । बाध्यबादनको संयोजन सुर्य पुर्बछाने मगरले गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिकि प्रथम उपाध्यक्ष रन्जिता थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम लाई सचिब सुजन बराइलीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया