ईटहरी/ सौन्दर्य सबैको लागि अपरिहार्य चिज हो । सबैमाझ उपस्थिति हुदा आफु राम्रो बनेर सबैलाई आफूप्रति आकर्षित गर्न सकु भन्ने भावना सबैको हुन्छ । यस्तैमा पछिल्लो समय मानिसलाई सुन्दर बनाउने थुप्रै ब्युटिपार्लर तथा ह्याण्डसम पार्लरहरु खुल्ने गरेको छ । सबैको आवस्यक मानिने यो चिजलाई मध्यनजर गर्दै ईटहरिमा अर्को एक मेकअप स्टुडियो संचालनमा आएको छ । जस्लाई आज एक औपचारिक कार्यक्रम नै गरि २०१७ कि मिस ईण्टरनेसनल नेपालको उपाधि हात पार्न सफल नीति शाहले रिबन काटेर उद्घाटन गरिन् । हेर्नुस भिडियो ।

ईटहरीमा धेरै बर्ष पहिले देखि संचालनमा आएको रुपकला ब्युटिपार्लरकि संचालक समेत रहेकी मनिता तामाङ्गले ‘पेस्को मेकअप स्टुडियो’को नाममा उक्त व्यवसाय संचालनमा ल्याएकी हुन् । ईटहरिस्थित पश्चिम लाईनको बिपी चोकमा स्थापना गरिएको उक्त मेकअप स्टुडियो आधुनिक शैलीमा तयार गरिएको छ । आफ्नो ग्राहकलाई खुशी पार्नको लागि ग्राहककै सल्लाह बमोजिम आफु यो व्यवसायलाई सबैमाझ भरपर्दो बनाउने पेस्कोकि संचालक मनिता बताउछिन ।

तपाईको प्रतिक्रिया