काठमाडौ । सुन्नी गीतको भन्दा पनि हेर्ने गीतको चलन बढ्दो छ । निर्जला अधिकारीको शव्द, संगीत, रचना, आवाजमा रहेको गीत ‘नियालेर हेर्छु जब तिमिलाई… ’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

चलचित्र ‘जस्मिन’मा सह निर्देशनको भूमिका निर्वाह गरिसकेकी निर्जला अधिकारी म्युजिक भिडियोमा समेत निर्देशन गरेकी छन् । उक्त म्युजिक भिडियो भृङ्गेश्वरी म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको हो ।

निर्जला आफैले सो भिडियोमा मोडलिङ गरेकी छन् भने उनलाई नवकलाकार आनन्द क्षेत्रीले साथ दिएका छन् । यसमा ज्ञानु चौलागार्ईंको छायांकन, विबेक सुनारको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=7WGAT_N8H7o&feature=share

तपाईको प्रतिक्रिया