राजु बोहरा–काठमाडौँ । छोटो समयमा नै नेपाली गीत संगीतको प्रबर्धन र सम्बर्धन निमित्त उच्च पहिचान बनाउन सफल मेशना डिजिटल प्रालिले प्रेम सागर परियार र बबिन रेश्मी मगरको संयुक्त प्रस्तुति लोक दोहोरी गीत “पुरानो याद” लाई भर्खरै बजारमा उपलब्ध गराएको छ ।

कुनै परदेशीको यथार्थता लाई उक्त भावमा नै लक्षित गरेर गीत तयार गर्न पर्छ भन्ने रहन, यहाँ एक युवकले आफ्नी अर्धागिनीलाई बाध्यता बस छोडेर परदेशिनु परेको र त्यहि दुरीको खिन्नता भित्र पुरानो यादहरुको परिकल्पनामा तयार भएको यस गीतमा बिष्णु माझी र प्रेम सागर परियारको सुमधुर स्वर रहेको छ ।

मेशना डिजिटल प्रालि कै प्रबन्ध निर्देशक रोशन परियार द्वारा लय बद्ध यस गीतलाई अमित बाबु रोकायाले लेखेका छन् । गीतले बोलेको भावलाई जस्ताको त्यस्तै म्युजिक भिडियोमा पनि उतारिएको छ । भिडियोमा सारिका के.सी र महेन्द्र गौतमको अत्यन्त घत लाग्दो अभिनय रहेको छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया