रोशन पोखरेल , असार १ । गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘पातली’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा आफनो प्रेमीको यादमा गायिकाले आफना प्रेमीको प्रसंसा गरेका छन । गीतको भिडियोमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो । प्रकाश ढकालको शब्द तथा संगीतमा गीत तयार पारिएको छ ।
यस गीतमा नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ । काजिश श्रेष्ठ, अन्जली अधिकारी , सरापे , प्रकाश खरेल , अस्मिता गौत्तमको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया