झापा । गीत, संगीतको क्षेत्र होस् वा अभिनयको, विगतको तुलनामा आर्थिक रुपले सुधारिंदो छ । जसले गर्दा युवा जमात कलाक्षेत्र प्रति आकर्षित बन्दैछ । नायिका अनु पराजुली पनि यसै क्षेत्रमा केही गरु भन्ने उदेश्यका साथ संघर्षरत छिन् । अहिलेसम्म एकसय पचास भन्दा धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी नायिका अनु पछिल्लो समय चलचित्रमा व्यस्त हुने गरेकी छन् ।

उनि अभिनित चलचित्र ‘कम्पन’, ‘काउसो’ र ‘काले दाई’ हुन् । हाल चलचित्र ‘क्रिमिनल’ को सुटिङ्गमा ब्यस्त नायिका अनु पराजुली ‘क्रिमिनल’मा डरलाग्दो एक्शन लेडिको भूमिकामा देखिने छ । ‘क्रिमिनल’मा अनुलाई क्रान्ति बराईली, सुरेन्द्र चापागाई, कृति चालिसे लगायतका कलाकारले साथ दिएका छन् ।

पछिल्लो समय अनुलाई चलचित्र क्षेत्रमा राम्रो सम्भावना बोकेकी नायिकाको रुपमा हेरिन थालिएकोे छ । परिवारको प्रेरणा, हौसला र सहयोगले कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउने पराजुली यसै क्षेत्रमा केही गर्ने सोचका साथ संघर्षरत छिन् । अर्नभ फिल्मसको ब्यानरमा निर्मित ‘क्रिमिनल’ यतिबेला पूर्वको दमकमा छायाँकन भैरहेको छ ।

तपाईको प्रतिक्रिया