रोशन पोखरेल , असार ४ । गायक सुवास बोगटी र गायिका लक्ष्मी परियारको आवाजमा रहेको नयाँ गीत “जन्म मृत्युको” छायाँकन सम्पन्न भएको छ । जिवन भोगाइका अनुभवलाई गीतको भिडियोमा प्रस्तुत गरिएको बोगटीले बताए । गीतको भिडियोमा मौलिकपनको चित्रण गर्ने तरिकाबाट छायाँकन गरिएको छ । युजस परियारको शब्द तथा निरज पाल्पाली र विपना को मौलिक लय सिर्जना गीतमा रहेको छ । यस गीतमा नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ । बुद्धविर थापा र आशा खड्काको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई मुकेश हुमागाईको छायाँकन, अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन रहेको छ । गीतलाई निकिता क्षेत्रीले बजार ब्यावस्थापन गरेकी छन ।

तपाईको प्रतिक्रिया