पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्रमा निकै नै ब्यस्त सङ्गितकारको रुपमा परिचित गीतकार एंव सङ्गितकार राजकुमार तामाङले अामा; अटाइ दिन्छु तिमीलाई,आज च्याङ्बाले बोलको गीतबाट चर्चा बटुल्न सफल हुनुभएको थियो । अब गीत सङ्गितमा नयाँ र समय अनुसारको गीत बजारमा ल्याउने तयारीमा हुनुहुन्छ उहा । तामाङको साङ्गितिक यात्रा बारे विवेक लोप्चनले गर्नुभएको कुराकानी सम्पादित अंश ।

आजकाल – साङ्गितिक क्षेत्रमै ब्यस्त हुनुहुन्छ गीतकार एंव सङ्गितकार राजकुमार तामाङ । नेपाली गीत संगीतमा योगदान दिने र समाज र सिङ्गो राष्ट्रमा साङ्गितिक क्षेत्रबाट चेतना जगाउने योजनामा हुनुहुन्छ ।

जन्म बाल्यकाल – बुवा श्याम बहादुर तामाङ र आमा सुशिला तामाङ्को कोखबाट बि स २०४२ सालमा सानेपामा जन्मनु भएको हो उहा । बाल्यकालमा निकै नै लजालु हुनुहुन्थ्यो । बाल्यकाल सुखद नै बित्यो ।

साङ्गितिक यात्रा – बिगत छ् बर्षदेखी साङ्गितिक यात्रामा रहनु भएका तामाङ्ले दर्जन भन्दा बढी गीत बजारमा ल्याइसक्नु भएको छ् । परिवार,साथिभाइको साथले झन हौसला थपेको उनी बताउछन ।

साङ्गितिक क्षेत्रमा आउनेहारुलाई सुझाव

साङ्गितिक क्षेत्रमा होस् या जुनासुकै क्षेत्रमा आउँदा पहिला सङ्गित साधना गरेर,बुझेर आउँदा राम्रो हुने उहा बताउनुहुन्छ ।

गीतकार एंव सङ्गितकार राजकुमार तामाङको साङ्गितिक यात्रा सधैं सफल रहोस् । हाम्रो टिमको तर्फबाट शुभकामना ।

गायक सङ्गितकार तामाङसङ्ग सम्बन्धित गीत यहाँ क्लिक गरी सुन्नुहोस् र हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया