कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ
अवैध हतियार र गोलीसहित रौतहटमा एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा बिओपी बेलबिछवाबाट खटिएको सशस्त्र प्रहरीले रौतहटको राजदेवी नगरपालिका– ९ ब्रह्मपुरस्थित सञ्जीव सिंहको मदिरा पसलमा आइतबार राति २ बजेको समयमा चेकजाँच गर्दा अवैध कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको हो।
नेपाल–भारत सीमा क्...