नुवाकोटमा २३ वर्षीया आमा र २ नाबालक छोराको शव एउटै कोठामा भेटियो
काठमाडौँ– नुवाकोटमा २ नाबालक छोरा र आमासहित ३ जना एकै ठाउँमा मृत फेत फेला परेका छन्।
किस्पाङ गाउँपालिका–१ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ तथा उनका नाबालक छोराहरू ५ वर्षीय रोशन र ३ वर्षीय रोमन आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन।
आज बिहान करिव ९ बजे घट्नाको बारेमा प्रहरीले जानकारी पाएको थियो। तीनै जनाको शव डोरीको पासो बनाई एउटै कोठमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरील...