कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बुलाई
विराटनगर। विराट कोशी जुडो क्लबको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बु जिल्लाले जितेको छ। जेठ २६ र २७ गते विराटनगर स्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा विभिन्न तौल प्रतिष्पर्धामा ५ स्वर्ण प्राप्त गर्दै सोलुखुम्बुले उपाधि जितेको हो।
प्रतियोगितामा आयोजक विराट क्लब ४ स्वर्ण ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थानमा र...














