आईपीएलमा राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ ।
यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।
चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी ...














