‘पर्यटन तथा खेलकुद नेपाल’ प्रकाशन हुँदै

‘पर्यटन तथा खेलकुद नेपाल’ प्रकाशन हुँदै
काठमाडौ । नेपालको पर्यटन एवं खेलकुद क्षेत्रको समष्टिगत प्रचारप्रसार एवं प्रवद्र्धनकालागि सूचना र समाचारको माध्यमद्वारा प्रचार गर्न ‘पर्यटन तथा खेलकुद नेपाल’प्रकाशनमा आउने भएको छ । ‘नेपाल पर्यटन विकास अनुसन्धान मन्च’को सहयोगमा मासिक रुपमा प्रकाशनमा आउन लागेको यस प्रकाशनमा नेपालको कला संस्कृति साँस्कृतिक प्राकृतिक विविधता नेपालको पर्यटन क्षेत्रको प्रचुर प्रचार गर्दै विश्वमा नेपालको पर्यटनलाई चिनाउने...

प्रिमियर लिग : साउथ ह्याम्पटनविरूद्ध क्रिस्टल प्यालेसको संघर्षपूर्ण जीत

प्रिमियर लिग : साउथ ह्याम्पटनविरूद्ध क्रिस्टल प्यालेसको संघर्षपूर्ण जीत
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले यस सिजनको आफ्नो पहिलो खेलमा संघर्षपूर्ण जीत निकालेको छ । क्रिस्टलले शनिबार साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै विजयी सुरूवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिस्टललाई जीत दिलाउन विल्फ्रिड जाहाले निर्णायक गोल गरे । साउथह्याम्पटनविरुद्ध जाहाले १३औं मिनेटमा गोल गरेका थिए । टाउनसेन्डको पासमा जाहाले गरेको उक्त गोल नै निर्णायक ब...

फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमै पीएसजी पराजित

फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमै पीएसजी पराजित
काठमाडौं– फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। लिगअन्तर्गत बिहीबार राति भएको खेलमा पीएसजी लेन्ससँग १–० ले पराजित भएको हो। स्टार खेलाडीहरू नेयमार, केलियन एमबाप्पे, एन्जल डी मारिया लगायतका खेलाडीबिना मैदान उत्रिएको पीएसजी पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औँ मिनेटमा गोल खायो। लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको गोल नै...

करण र विनोद ए श्रेणीमा उक्लिए, बसन्तको घटुवा

करण र विनोद ए श्रेणीमा उक्लिए, बसन्तको घटुवा
काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा आवद्ध २२ जना क्रिकेटरले सन् २०१९ को एकमुष्ट तलब पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको खातामा पठाएको हो ।२२ जना खेलाडीलाई तलब पठाइएको र प्रत्येक खेलाडीले १० हजार बढी तलब पाएको क्यानले बिहीबार विज्ञप्ती जारी गर्दै जनाएको छ ।टेक्निकल एनालिस्टले पनि एक वर्षको तलब पाएका छन् । क्रिकेटरहरूल...

अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा

अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा
एजेन्सी– तेस्रो तथा अन्तिम टी-२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको अष्ट्रेलिया फेरि टी-२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलियाको जीतसँगै तीन टी-२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । लगातार दुई जीतले इंग्ल्याण्ड विश्व बरियतामा शीर्ष स्थानमा समेत उक्लिएको थियो । दु...

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यले भेटे पदक विजेता खेलाडी केसीलाई

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यले भेटे पदक विजेता खेलाडी केसीलाई
काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले कोरोना संक्रमित नेपालको पहिलो अन्तर्राष्टिय पदक विजेता खेलाडी जीतबहादुर केसीको स्वास्थ्य अवस्था बुझेको छ। आइतबार संघका अध्यक्ष दीपक श्रेष्ठ र निवर्तमान अध्यक्ष दीपक विष्ट केसीलाई भेट्न उनको निवास पुगेका हुन् । सामाजिक दूरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिएका हुन्। ७२ वर्षे केसीले संक्रमण भए पनि आफूलाई कोरोनाको कुनै लक्...

मेसीले बार्सिलोना नछाड्ने

मेसीले बार्सिलोना नछाड्ने
काठमाडौं । सुपरस्टार लिओनल मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने भएका छन् । विभिन्न आरोह अवरोहपछि मेसी अन्तत: क्याटलान क्लबमा नै रहने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत हप्ताको मंगलबार मेसीले क्लब छाड्ने घोषणा गर्दै पत्र पठाएका थिए । तर अबको नयाँ सिजनमा पनि उनले बार्सिलोनाबाटै खेल्ने भएका हुन् । करिब १० दिनको अन्यौलपछि उनले फेरि एक सिजन बार्सिलोनाबाटै खेल्ने निर्ण...

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । निकै किफायती बलिङ गरेर आफ्नो क्षमता प्रदर्शन गरे पनि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए । उनले शेरफेन रदरफोर्डलाई ६ रन...

सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
नयाँदिल्ली : महेन्द्र सिंह धोनीले सन्यास लिएको एक घण्टापछि सुरेश रैनाले पनि सन्यास घोषणा गरेका छन्। ३३ वर्षीयले रैनाले पिन धोनीकै बाटो समातेका हुन्। उनले धोनीकै शैलीमा इन्स्टाग्राममा यसबारे जानकारी दिएका छन्। रैनाले लेखे, माही! तपाईंसँग खेल्न पाउँदाको समय धेरै प्यारो थियो। अब अगाडिको यात्रामा पनि म तपाईंकै साथमा चल्न चाहन्छु। सुरेश रैनाले ३० जुलाई २००५ मा श्रीलंकाविरुद्ध दाम्बुला वान डेबाट डेब्य...

इंग्ल्यान्ड २ सय १९ रनमा समेटियो*

इंग्ल्यान्ड २ सय १९ रनमा समेटियो*
म्यानचेस्टर — पाकिस्तानविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय १९ रन बनाएर अलआउट भएको छ । सुरुवाती दुई इनिङ्सका समाप्तीमा पाकिस्तान १ सय ७ रनले अगाडि छ । इंग्ल्यान्डका लागि ओली पोपले सर्वाधिक ६२ रन बनाए । यस्तै जस बटलरले ३२ रनको योगदान दिए । पाकिस्तानी बलरमध्ये यासिर शाह सर्वाधिक सफल बलर रहे र उनले ६६ रन दिएर चार विकेट लिए । इंग्ल्यान्...