सुरज र सीजल श्रेष्ठको स्वर रहेको ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)
व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको गीत ‘के गर्नु माया म’ सार्वजनिक भएको छ । उत्तम लामाको शब्द ,संगीत अनि गायक सुरज श्रेष्ठ र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल, नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ । कृष्ण परियारको निर्देशन ,दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई मंगलबार बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
...














