सजलको स्वर, सक्रियको शब्दमा ‘अलिअलि तिमीसँग’ सार्वजनिक ( भिडियो )
काठमाडौं । युवा गीतकार सक्रिय श्रेष्ठको प्रेमिल शब्दमा रहेको 'अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ।
शास्त्रीय संगीतको समिश्रण रहेको यस गीतमा गायक न्यौपानेको नै संगीत रहेको छ। गीतको एरेन्ज रिदम कँडेलले गरेका छन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकि...