गायक ज्वाला राईको ‘माया जाल’ सार्वजनिक ( भिडियो )
काठमाडौं । ब्याड ब्वाईको प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो 'माया जाल' सार्वजनिक भएको छ। यस गीतमा गायक ज्वाला राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ। देबेश राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा गायक राई र मानषी तामाङलाई मुख्य भूमिकामा देख्न सकिन्छ भने विषम आचार्य, बिबस भट्टराई, बिक्रम तामाङ र पारु चौधरीको समेत अभिनय रहेको छ।...














