गायक निमाको ‘रेशमैको डोरी’मा उषा र बिक्रमको रोमान्स
काठमाडौँ । गायक निमा शेर्पाको स्वर रहेको 'रेशमैको डोरी' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।
गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीले हाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई भिडियोमा निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन्...