सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल
काठमाडौं । एपी वान टेलिभिजनले आयोजना गरेको नेपाल आइडलको तेस्रो संस्करण सज्जा चौलागाईंले चुम्न सफल भएकी छन् । आज भएको ग्राण्ड फिनालेमा उनले ५० लाख नगदसहित नेपाल आइडलको उपाधि चुमेकी हुन् ।
फस्ट रनरअप प्रविन बेडुवाल हुन सफल भए भने सेकेन्ड रनरअप किरण कुमार भुजेल हुन सफल भए । प्रविनले १० लाख र किरणले ५ लाख नगदसहित उपाधि चुमेका छन् । कोरोना संक्रमणका कारण ग्राण्ड फिनाले कार्यक्रम भव्य रुपमा गर्न नपाएको...














