छथर गाउपालिका द्धारा पत्रकार पाक्साँवा सम्मानित
तेह्रथुम,
छथर गाउपालिकाले पत्रकार प्रकाश पाक्साँवालाई सम्मान गरेको छ । ग्रामिण क्षेत्रमा रहेर पत्रकारिताको माध्यम द्धारा गाउपालिकाका हरेक सकरात्मक क्रियाकलापहरुलाई बिभिन्न संचारमा संप्रेषण गरेर समृद्ध छथरका निम्ती अतुलनिय योगदान दिएको ठहर गर्दै पत्रकार पाक्साँवालाई गाउपालिकाले सम्मान गरेको हो । गाउपालिकामा मंगलबार एक कार्यक्रमको आयोजना गरि पत्रकार पाक्साँवालाई सम्मान स्वरुप एकथान क्यामेरा सहित दु...













