‘खलनायक २’ छायांकनको तयारीमा रोज
निर्माता रोज राणाले चलचित्र ‘खलनायक २’को छायांकनको तयारी थालेका छन् । उनले, भदौबाट चलचित्रको छायांकन सुरु गर्ने बताए ।
रोजले भने–‘हामीले संझौता गरेका कलाकार र प्राविधिकहरुले काम छाड्छौ भन्न थालिसकेका छन् । अब, काम सुरु गर्नुपर्छ । भदौसम्ममा सरकारले पनि मापदण्ड बनाएर छायांकनको अनुमति दिन्छ भन्ने विश्वास छ ।’
‘खलनायक २’को खलपात्रमा निर्माता रोज राणाले आफै अभिनय गर्दैछन् । चलचित्रका लागि ...












