गुरुको आज्ञा मानेर निर्देशनमा होमिएका तुलसी घिमिरे
नेपाली फिल्मका ब्रान्ड निर्देशक हुन्, तुलसी घिमिरे । सन् १९८१ मा बनेको फिल्म ‘बाँसरी’ बाट निर्देशनमा होमिएका उनले कयैन् उम्दा फिल्म दिएका छन् । उनै, निर्देशक घिमिरे बुधवारबाट ६९ वर्षमा लागेका छन् । २००८ असार ३१ गते दार्जिलिङको कालिम्पोङमा उनको जन्म भएको थियो । नेपाली फिल्मले व्यवसायिक फड्को मार्नुमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ ।
सानोमा राजा र प्रजाले मान्ने र चिन्ने मान्छे बन्नु भनेर आमा ...













