निर्माता संघले गर्यो सरकारको कदमको स्वागत
नेपाल चलचित्र निर्माता संघले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै सरकारको कदमको स्वागत गरेको छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको बताएका छन् ।
अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठ्या...













