काठमान्डौ असार २४ – गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखै गाजलु’ बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । लकडाउनलाई सरकारले लुजडाउनमा परिमार्जन गरेसंगै केही दिन अघि भिडियो सुटिङ गरेर मंगलबार रिलिज गरियो । गीतमा रन लामा र जितु लेप्चनको स्वर रहेको छ । गीतमा शब्द, संगीत र एरेन्ज प्रयास दोङको रहेको छ ।

निमबाबु तामाङ र निशा पाख्रिनले अभिनय गरेको भिडियोका निर्देशक बिजय रुम्बा हुन् । भिडियोमा गायक लामाको पनि अभिनय रहेको छ । भिडियोलाई निमबाबु तामाङ र निशा पाख्रिन मिलेर कोरियोग्रफी गरेका हुन् । मोडल तथा कोरियोग्रफर निमबाबु तामाङ कार्टुन क्रुका मेम्बर हुन् । ज्ञानेन्द्र शर्मा हुमागाँईले खिचेको भिडियोलाई अमृत चापागाँले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया