एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले बलिउडमा फिल्मी कामहरु कम भइरहेका छन् । लकडाउनमा रोकिएका फिल्मका छायांकन सामाजिक दुरी कायम गरी शुरु हुन थालेका छन् ।

यस्तै अभिनेता अमिर खानको नयाँ फिल्म पनि अब कोरोनाभाइरसलाई ध्यानमा राख्दै बाकीँ छायांकन शुरु गर्न लागिएको छ । फिल्म ‘लाल सिंह चड्डा’ को छायांकन निर्माण पक्षले लद्दाखमा राखेको छ । तर आमिरले भने अहिलेको अवस्था लद्दाखमा आफूले छायांकन नगर्ने बताएका छन् । यस फिल्ममा अमिरले सैनिकको भूमिका निर्वाह गरेका छन् ।

केही समयअघि लद्दाखमा भारतीय र चिनिया सैनिकबीचको द्वन्द्व हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो । यहि कारणले गर्दा उक्त स्थानमा फिल्मको छायांकन गर्न समस्या हुने अमिरको भनाई छ ।

४० प्रतिशत छायांकन बाँकी रहेको यस फिल्म दिल्ली, राजस्थान, चण्डीगढ, अमृतसर, कोलकत्तामा भने छायांकन भइसकेको छ । यस फिल्ममा अभिनेत्रीको भुमिकामा करिना कपुर रहेकी छिन् ।

तपाईको प्रतिक्रिया