लकडाउनले सिर्जनशील मानिसलाई अवसर दियो- ज्योति प्रकाश
काठमाण्डौ - अध्यापनसँगै सङ्गीत र चित्र कोर्न रमाउने ज्योतिप्रकाशले हिजोआज आफ्नो कलालाई अझ निखार्न पाउनुभएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि धेरै जनाले दिन कटाउनै मुस्किल भयो भनिरहँदा कलाकार ज्योतिप्रकाश भने यथार्थपरक चित्र कोर्न व्यस्त हुनुहुन्छ ।
हुन त उहाँ सानैदेखि चित्र काेर्नमा रमाउनु हुन्थ्यो । विद्यालय पढ्दादेखि नै चित्रकलामा रुचि देखेपछि उहाँलाई शिक्षकले ललितक...