वर्षा र पूजाको मित्रता
नेपाली चलचित्र क्षेत्रमा कलाकारहरूबीच भइरहने झगडाका खबर धेरै आउँछन्। अझ, कुनै कलाकारको चलचित्र अर्को कलाकारसँग जुध्ने पक्का भयो भने ती कलाकारको सम्बन्ध नै बिग्रिएको गसिप चलचित्र बजारमा चल्छ।
नायिका वर्षा राउत र अर्की नायिका पूजा शर्मा भने यो कुरामा सजग छन् । उनीहरूले अभिनय गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन र के घर के डेरा’ तीजमा एकसाथ रिलिज हुने चर्चा थियो । भलै, अब यी दुईको भीडन्त टर्ने सम्भा...












