एसिया कप फुल कन्ट्याक्ट करा“तेमा नेपाललाई स्वर्ण पदक
काठमाडौं—काठमाडौंमा सम्पन्न प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट करा“ते प्रतियोगिता–२०२० को खुल्ला तौल समुहतर्फ नेपालका मञ्जु बिक तथा सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको खुल्ला तौल समुह महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीलाई नगद १–१ लाख रुपैया“ प्रदान गरिएको थियो ।
प्रतियोगिताको खुल्ला तौल समुह (पुरुष) अन्तर्गत नेपालका शनि शिं सुनारले रजत तथा रेगन श्रेष...













