बिश्व सुन्दरीको अग्रस्थानमा आएपछि खुशी हुँदै नेपालीलाई श्रृखंलाले दिइन् यस्तो संदेश
काठमाडौं । मिस नेपाल–२०१८’ श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा भोटिङमा एक नम्बरमा छिन् ।
‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनमा हुँदैछ । उक्त प्रतियोगिताका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ ।सामाजिक सञ्जालमार्फत् भोटिङ खुला गरिएको छ ।
सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्छ । यस्तै, फेसबुकमा गएर लाइक, क...














