दूधमा भेटियो बर्ड फ्लुको ‘एचफाइभ एनवान’ भाइरस

दूधमा भेटियो बर्ड फ्लुको ‘एचफाइभ एनवान’ भाइरस
विश्व स्वास्थ्य संगठनन (डब्ल्यूएचओ)ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) संक्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ। यसै महिनाको शुरूमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट संक्रमित भएका थिए। डब्ल्यूएचओका ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङका अनुसार टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा संक्रमण भएको यो पहिलो घटना हो...

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण
टीकापुर, ८ वैशाख: टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको छ । शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् । नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताउनुभयो । उहाँले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धत...

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ
पेरिस, ८ बैशाख । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।   प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  ।   शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर कार्यालयले एक व्यक्ति गोला बारुद लिएर प्रवेश गरेको रिपोर्ट गरेपछि उनलाइ पक्राउ गरेका थिए ।’ ...

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुदै छ । वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ । यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने...

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै
काठमाडौं, ८ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ ।   तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् ।   ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।     शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक...

चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बेइजिङ, ८ बैशाख । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।   समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरवाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।   एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।   अब चिनियाँ आई...

वि.सं. २०८१ वैशाख ०८ गते शनिबारको राशिफल : श्री पाथिभरा माताको कृपाले चम्किनेछ भाग्य

वि.सं. २०८१ वैशाख ०८ गते शनिबारको राशिफल : श्री पाथिभरा माताको कृपाले चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला । कुसैसँग झगडा पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारमा गरेको लगानी सन्तोस प्रद रहनेछ । अ...

फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माणको घोषणा

फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माणको घोषणा
काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण टिमले सार्वज...

गायक चित्र बहादुर तामाङ नयाँ तामाङ सेलो गीत सार्वजनिक

गायक चित्र बहादुर तामाङ नयाँ तामाङ सेलो गीत सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्युलसाङ मिडिया ग्रुपको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतमा चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्र बहादुर तामाङ सङ्गीत र करसा¬को एरेन्ज रहेको छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्र बहादुर तामाङ ...

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधा...