- ज्याे. पं. तुलसी भारद्वाज निरौला

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला । कुसैसँग झगडा पनि हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापारमा गरेको लगानी सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनु होला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागिरमा दिन ठिकै छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुने दिने छ । पीडा दिनेहरु सक्रिय रहलान । व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नुहोला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ, अन्न लाभ पनि होला । आज तपाइको धन लाभको योग छ, पढाइमा प्रगती होला । साथै, दिन खुशी साथ बित्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामान्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । मन त्यसै शान्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पढाइमा र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश र जागर बढ्ने देखिन्छ । दिन एकदमै राम्रो छ ।

तपाईको प्रतिक्रिया