लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ
बिराटनगर, चैत ०५ गते ।
झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थाम...














