‘बुलाकी’को गीतमा सुरक्षा र नरेनको छमछमी
आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘नाच सुवा नाच’ बोलको लोक शैलीको गीतमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर, गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । फिल्म कर्णालीको कथामा निर्माण भएकाले गीतमा पनि त्यहाँ बोलिने भाषालाई प्रयोग गरिएको छ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका प्र...













