प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : प्रदेश स्तरीय कबड्डीको उपाधि मोरङलाई
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो ।
मोरङले झापाको २० अंक विरुद्ध ३१ अंक हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो। को...