काठमाडौँ, ३१ वैशाखः दक्षिण अष्ट्रेलियाको तटमा २०० भन्दा बढी समुद्री प्रजातिहरू मरेका छन् । यसको पछाडिको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको बीबीसीले जनाएको छ ।

पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुन्छ । मार्च महिनादेखि दक्षिण अष्ट्रेलियाको तटको पानीमा शैवालको संख्या बढ्दै गएको छ ।

वैज्ञानिकहरू भन्छन् कि शैवालले विष उत्पादन गर्छ जसले ‘विषाक्त कम्बलजस्तै काम गर्छ। मरेका जीवहरूमा सबैभन्दा सानो बच्चा माछादेखि लिएर ठूला सेता शार्कहरूसम्म पर्छन् ।

यद्यपि शैवाल मानिसका लागि हानिकारक छैन, तर उच्च स्तरको शैवालको सम्पर्कमा आउनेहरूलाई छालामा जलन र खोकी वा सास फेर्न समस्या हुन सक्छ ।

तपाईको प्रतिक्रिया