विहान ९ बजेदेखि भरतपुर महानगरको मतगणना
भरतपुर, ३१ वैशाख
भरतपुर महानगरको मतगणना विहान ९ बजेदेखि सुरु हुने भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । शनिबार एक समूहले मतगणना गर्नेछ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले एक घण्टा अगावै उम्मेदवारहरुका प्रतिनिधिलाई मतगणना गर्ने स्थानमा आउन अनुरोध गरिएको बताउनुभयो । मतगणना सुरु गर्ने समय एकिन गर्न बसेको सर्वदलीय बैठक करिब ३ घण्टा बसेको थियो । शुक्रबार भएको स्थानीय त...











