श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति “सारंगी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ भाद्र २७ - लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति "सारंगी" भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि आफ्ना अशंख्य संगीत पारखी श्रोता तथा दर्शकका निमित्त थुप्रै गीतहरु दिईसकेका छन् । बिशेष गरेर आफुलाई गायक भन्दा पनि संगीतकारको रुपमा चिनाउन चाहने श्रीकृष्ण बम मल्लले पछिल्लो समय बिभिन्न गीतहरुमा स्वर पनि भर्न थालेका छन् । यस बिषयमा संचारकर्मीहरुले उनलाई जिज...