२२० जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु
काठमाडौं, मङ्सिर १८ गते । पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार ५०२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको...














