प्रेम चर्चाले वर्षा र राजलाई फाइदा !
कलाकारको अफेयरका समाचारले फिल्म क्षेत्र सधैं तात्ने गरेको हुन्छ । यस्ता खबरले दर्शकलाई उत्साहित बनाउँछ भने मिडियाका लागि राम्रो मसला बन्छ । केही महिनायता अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम चर्चा मिडियाका लागि ‘हटकेक’ बनेको छ । विगत ६-७ महिनायता उनीहरु एकअर्कासँँग निकै नजिक छन् । यद्यपि, दुवैले प्रेम स्वीकार गरेका छैनन् ।
प्रेम टुट्दा वा जोडिदा कलाकारको फ्यान फलोइङ घट्न...














