प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
सानै उमेरमा आफ्नो गायकीले धेरैको मन जित्न सफल प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म पागल सरि’बोलको गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ। लामो समय देखि नेपाली संगीतमा सक्रिय रहदै आएका संगीतकार शशि बिक्रम थापाले नै यस गीतमा संगीत संयोजन गरेका छन्।
अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र...














