फिल्म सुटिङमा सुरक्षा सावधानी
निर्माता सुनिल कुमार थापाले करिब ७ महिनापछि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन प्रारम्भ गरे । कतिपय चलचित्रकर्मीले अहिले नै छायांकन सुरु गर्न नहुने बताइरहेका छन् भने कतिपयले रोकिएको काम सुरु गर्ने भन्दै अगाडि बढेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढेको छ । सरकारले विभिन्न क्षेत्रलाई संचालनको अनुमती दिएपनि चलचित्रको बारेमा कुनै निर्णय गरेको छैन । ७ महिनादेखि सम्पूर्ण हलहरु...