काठमाण्डौ मंगसिर १४ – पछिल्लो समय कलाकारहरुलाई कुनै पनि गीत संगीतहरु बजारमा ल्याउनु पूर्व निकै सोच्नु पर्ने आवस्यकता बनिसकेको छ । किन कि जस्तो पायो त्यस्तो गीत सफल हुने समय अहिले निकै टाढा गैसकेको छ । यसैलाई मध्यनजर राख्दै गायक दिपक ढकालले लोक चौतारी युट्युब च्यानल मार्फत आफ्नो फरक प्रस्तुति “पछ्यौरी उनिको” बोलको गीत भर्खरै बजारमा लिएर आएका छन् । जाडो महिनाको समय भएको कारण पनि गीतको नामले धेरै श्रोता तथा दर्शकहरुलाई न्यानो पनको महसुस दिलाउन सक्दछ ।

प्रस्तुत गीतमा दिपक ढकाल, पार्वती कार्की र कल्पना दाहालको सुमधुर स्वर सुन्न सकिन्छ । राम्जी थापाको लय र रेशम थापाको शब्द द्वारा सुसजित गीतको म्युजिक भिडियोमा निरेन श्रेष्ठ, रिचा थापा र सुमा लामिछानेको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन नरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया